Message from Campus Chief

Menuka Bhandari
Campus Chief

कोशी प्रदेश मा अवस्थित मोरङ्ग विराटनगरको मुटुमा रहेको त्रिभुवन  

विश्वविद्यालय चि.शा.अ.सं.को एकमात्र नर्सिङ्ग क्याम्पस हो ,
विराटनगर नर्सिङ्ग क्याम्पस । यसको स्थापना वि.सं. २०२३ सालमा
अ.न.मी.तालिम केन्द्रको रुपमा भएको हो । विभिन्न समय , कालखण्ड पार
गर्दै आफ्नो ५४ वर्ष पार गरी सकेको छ । हाल यसमा प्रमाण पत्र तह
नर्सिङ्ग र स्नातक तह नर्सिङ्ग तथा  विज्ञान नर्सिङग सञ्चालित छन् ।
राजनैतिक, आर्थिक सामाजिक, पर्यावरणीय र कानुनी दृष्टिकोणबाट यस  
क्याम्पसका सबल पक्षहरु रहेका छन् । सातै प्रदेश मध्येको एक उत्कृष्ट नेतृत्वदायी
नमुना क्याम्पसको रुपमा यसको सर्वाङ्गीण विकास गर्नका लागि
शैक्षिक, भौतिक निर्माण तथा सुधार, अनुसन्धान, सुशासन र
पारदर्शिता, लैंगिक समानता, दिगो आर्थिक विकास, कार्यक्रमहरु थप
गर्दै लैजाने निति, जोखिम न्युनिकरणमा ध्यान दिने तथा अनुगमन र
मुल्यांकन प्रभावकारी बनाउने कार्यहरु भइरहेका छन् । उक्त कार्यहरू
विश्वविद्यालय अनुदान आयोग, संघिय सरकार, प्रदेश सरकार, स्थानीय
सरकार साथै विभिन्न सरोकारवालाहरु संग सहकार्य गर्दै पाँच वर्षमा
उत्कृष्ट क्याम्पस बनाउने उद्देश्यका साथै रणनीतिक योजना सामूहिक
प्रक्रियाबाट निर्माण गरिएको छ । शैक्षिक संस्थाहरु निश्चित
मापदण्डमा गुणस्तरयुक्त शिक्षा प्रदानगर्ने उत्कृष्ठ प्राज्ञिक थलो
हुने स्थापित मान्यता स्वरुप गुणस्तर सुनिश्चितता एवं प्रत्यायन
(QAA) प्रणालीको थालनी भएको छ । उच्च शिक्षालाई गुणस्तरीय बनाई
समता मुलक पहुच सुनिश्चित गर्न र आधुनिक ज्ञान, शिप, विज्ञान,
प्रविधिमा दक्ष र प्रतिश्पर्धि जनशक्ति तयार गर्न यस तहको शिक्षा
समय सापेक्ष रुपमा विकाश र विश्तार गर्नु आवश्यक  छ । कोशी प्रदेश
को एक मात्र त्रि.वि.को आंगिक क्याम्पस त्रि.वि.चि.शा.अ.सं.विराटनगर नर्सिङ्ग
क्याम्पसलाई एक नमुना दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले स्वस्थ्य र स्वच्छ
सम्मुन्नत समाजको विकाशका लागी समयानुकुल प्राविधिक जनशक्ति तयार गर्न गुणस्तरीय
व्यवहारीक शिक्षा प्रदान गर्ने नर्सिङ्ग क्याम्पसको रुपमा स्थापना
हुनेछ भन्ने दुरदृष्टि राखि पाँच वर्षे रणनीतिक योजनाको निर्माण
गरिएको छ ।