क्याम्पस प्रमुखमा उप-प्राध्यापक सावित्रा सुवेदी नियुक्त
२०८३/०४/२८
त्रि.वि. चि.शा.अ.सं. विराटनगर नर्सिङ्ग क्याम्पसको क्याम्पस प्रमुखमा उप-प्राध्यापक सावित्रा सुवेदी नियुक्त हुनुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख उप-प्राध्यापक सावित्रा सुवेदी मिति २०८३/०४/२८ गते बिहीबार क्याम्पस प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नु हुँदै उहाँले क्याम्पसको सर्वाङ्गीण विकासमा सरोकारवाला सबैको राय, सुझाव र सहयोग मार्फत उत्कृष्ट क्याम्पसको रुपमा विकास गर्न समर्पित भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै पदभार कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख उप-प्राध्यापक मेनुका भण्डारीले आफ्ना कार्यकालको अनुभव साट्दै निकट भविष्यमा समेत क्याम्पसको हितमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । पदभार कार्यक्रममा सहभागी सम्पूर्णले नवनियुक्त क्याम्पस प्रमुखलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो र विगत ८ वर्ष भन्दा लामो समय सम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालनु भएका निवर्तमान क्याम्पस प्रमुखलाई हार्दिक सम्मान तथा आभार व्यक्त गर्नुभयो । पदभार कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख, क्याम्पसका पदाधिकारी, शिक्षकहरु तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।